काठमाडौँ
००:००:००
२५ जेष्ठ २०८३, सोमबार

७ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आजदेखि अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणना विधि हटाएको छ।

आजदेखि कम्पनीको अन्तिम कारोबार मूल्यकै आधारमा नेप्से परिसूचक र समूहगत सूचक निर्धारण हुनेछ। अघिल्लो कारोबार दिनसम्म २:४५ बजेदेखि ३ बजेसम्मको कारोबारको औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो।

नेप्सेले गत चैत ७ गतेदेखि उक्त विधि लागू गरेको थियो। तर, बजार अनावश्यक रूपमा घटाउने प्रभाव देखिएको भन्दै लगानीकर्ताले निरन्तर विरोध जनाएपछि नेप्सेले आइतबार सार्वजनिक सूचना मार्फत यो विधि खारेज भएको स्पष्ट पारेको हो।

अबदेखि कारोबारको अन्तिम मूल्यलाई आधार बनाएर सूचक गणना गरिने नेप्सेले जनाएको छ।