काठमाडौँ
००:००:००
७ असार २०८३, आईतवार

७ असार २०८३
रवि लामिछाने।
अ+
अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन्।

पार्टीको चितवनमा सुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अन्य पार्टीका नेताहरूलाई लामिछानेले यस्तो बताएका हुन्।

‘देश रास्वपाको हातमा छ, देश सुरक्षित छ’, सभापति लामिछानेले भने,‘बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ।’

उनले शक्तिशाली हुनु भनेको दम्भ र प्रतिशोधको लाइसेन्स नभएको बताए । नागरिक जिम्मेवारी पुरा गर्ने जिम्मेवारीका साथ रास्वपा उभिएको भन्दै अन्य दलका नेताहरूलाई निर्धक्क हुन आग्रह गरे।

‘लोकतन्त्रका स्थायी मान्यता, संविधान, मानवअधिकार लगायत थुप्रै उपहारको हामी जगेर्ना गर्नेछौँ।’