काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा एक हजार ६ सय रूपैयाँले घटेर २ लाख ८७ हजार १ सयमा कारोबार भइरहेको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ७ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १४० रुपैयाँले घटेर तोलामा ४ हजार ५९० मा कारोबार भइरहेको छ। यसअघि सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७३० मा कारोबार भएको थियो।