काठमाडौँ
००:००:००
१० असार २०८३, बुधबार

१० असार २०८३
अ+
अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी सदस्य ५ लाख २३ हजार ४६५ पुगेको जानकारी गराएको छ। चितवनमा जारी महाधिवेशनमा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेश गर्दै पार्टी सदस्यबारे जानकारी गराएका हुन्।

उनले कुल सदस्यमध्ये प्रदेशमा सबैभन्दा धेरै मधेश र कम कर्णाली प्रदेशमा रहेको उल्लेख छ। उनका अनुसार कोशीमा ७३ हजार ३५५, मधेशमा १ लाख २१ हजार ८९९, बागमतीमा १ लाख ८३ हजार ३२०, गण्डकीमा ६१ हजार ९२५, लुम्बिनीमा ७५ हजार ९६२, सुदूरपश्चिममा ५५ जजार ६७९ र कर्णालीमा २९ हजार ३२५ सदस्य रहेका छन्।

अहिलेसम्म ६४ जिल्ला, ६०९ पालिका र ४३६३ वडाको अधिवेशन सम्पन्न भएको र हुन बाँकी रहेकामा तयारी भइरहेको जनाइएको छ।