काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य निर्वाचनमा प्रतिस्पर्धा गरिरहेकी नेतृ ज्वाला संग्रौलाले मतपत्रमा आफ्नो परिचित नाम ‘ज्वाला’ हटाइएको भन्दै असन्तुष्टि जनाएकी छन्।
बिहीबार रास्वपा महाधिवेशन स्थल चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै संग्रौलाले सुरु देखि नै आफ्नो परिचित नाम ज्वाला भएपनि मतपत्रमा टिका संग्रौलामा राखिएकाले मत दिनेहरु झुक्किएको भन्दै आक्रोश पोखिन्।
मतपत्रमा ज्वाला नाम नदेख्दा प्रतिनिधिहरुले आफुहरुलाई भोट नहालि आएको उहाको दावी छ। उनले नियतबस वा प्राविधिक त्रुटि हो भन्ने बिषयमा अनुसन्धानको माग गर्दै निर्वाचन समितिमा निवेदन दिएको जानकारी दिइन्।
उनले मतपत्रमा अन्य उम्मेदवारहरुको परिचित नाममा नै उल्लेख गरिएको र आफ्नो भने टिका संग्रौला राखिएकाले षडयन्त्र भएको हुनसक्ने तर्क गरिन्।