काठमाडौँ
००:००:००
१४ असार २०८३, आईतवार

१४ असार २०८३
अ+
अ-

काठमाडौँ। फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘एल’ को खेलमा घानालाई पराजित गर्दै क्रोएसियाले रोमाञ्चक जित निकालेको छ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा क्रोएसियाले घानालाई २–१ गोलअन्तरले पराजित गरेको हो। यो जितसँगै क्रोएसिया समूह एकको उविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। यो समूहबाट इंङल्यान्ड समूह विजेता बनेर अन्तिम ३२ मा पुगिसकेको छ।

भर्खरै सकिएको अर्को खेलमा पानामालाई २-० गोल अन्तरले पराजित गरर्दे इंङल्यान्ड समूह विजेता बनेको छ।

क्रोएसियाको जितमा पेटार सुचित र निकोला भ्लासिचले गोले गरे। घानाका डेरिक लुकासेनले सान्त्वना गोल फर्काए।