काठमाडौँ
००:००:००
१५ असार २०८३, सोमबार

१५ असार २०८३
अ+
अ-

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। छापावाल सुनको भाउ प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य गिरावट देखिएको छ। आइतबार प्रतितोला ४ हजार ३२५ रुपैयाँ रहेको चाँदी सोमबार १५ रुपैयाँले घट्दै ४ हजार ३१० रुपैयाँमा झरेको महासंघले जनाएको छ।