काठमाडौँ
००:००:००
१६ असार २०८३, मंगलवार

१६ असार २०८३
प्रतीकात्मक तस्बिर।
अ+
अ-

कपिलवस्तु। कपिलवस्तुको महाराजगन्ज नगरपालिका २ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३७२१ नम्बरको शिवपुरी लक्जरी कोच प्रालिद्वारा सञ्चालित बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएपछि पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक कैलालीको धनगढी उपमहानगरपालिका–१३ गेटाका ४२ वर्षीय हरीसिंह महरासहित २२ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये बैतडी, डोटी, कैलाली, डडेलधुरा, बझाङ, चितवन र दार्चुलाका यात्रु रहेका छन्।अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये अधिकांशको टाउको, हात, खुट्टा, छाती, कम्मर तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। सबैलाई जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ।