काठमाडौँ। सशस्त्र प्रहरी बलले ललितपुरको सानेपाबाट कबाडी बोकेका १० वटा ट्रक नियन्त्रणमा लिएको छ।
आवश्यक कागजपत्रबिना कबाडी लोड गरेर उपत्यकाबाहिर जान लागेका ती ट्रकलाई आज (मंगलबार) साँझ सानेपाबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए।
सशस्त्र प्रहरी बलको दंगा नियन्त्रण रेजिमेन्टले नियन्त्रणमा लिएको ती ट्रकलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको उनले जानकारी दिए।