काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज उक्त अध्यादेश जारी गरेका हुन्।

राष्ट्रपति पौडेलको सचिवालयले दिएको जानकारी अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरिएको हो।

जेन-जी विद्रोहपश्चात् २१ फागुन २०८२ मा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ। त्यसैलाई मध्यनजर गरेर अध्यादेश जारी भएको हो।