काठमाडौँ
००:००:००
१९ असार २०८३, शुक्रबार

१९ असार २०८३
अ+
अ-

जनकपुरधाम। नेकपा एमालेका नेता एवं पूर्व सांसद लक्ष्मी महतो कोइरी जेल चलान भएका छन्। हिजो महोत्तरीको गौशालाबाट पक्राउ परेका महताेलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज जिल्ला अदालत महाेत्तरीमा उपस्थित गराएको थियो।

जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी केदारनाथ झाले उच्च अदालत जनकपुरबाट फैसलाको मिसिल झिकाएपछि निजलाई महोत्तरी कारागार चलान गरिएको जानकारी दिए।

उनले भने “जिल्ला प्रहरी कार्यालयले फैसला कार्यान्वयका लागि अदालतमा उपस्थित गराएको थियो, हामीले उच्च अदालतबाट फैसलाको मिसिल बनाएपछि निजलाई सोही आधारमा कारागार चलान गरिएको हो।”

सशस्त्र प्रहरीका असई थमन बिक हत्याकाे आरोप लागेका महताेलाई जिल्ला अदालत महोत्तरीले सफाई दिएको थियो भने उच्च अदालत जनकपुरले फैसला उल्टाउँदै पाँच वर्ष कैद सजाय सुनाएको थियो।

उच्च अदालतले पाँच वर्षको सजाय तोकेपछि हिजो गौशालाबाट प्रहरीले महताेलाई पक्राउ गरेको थियो।