काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर २ लाख ९० हजार ३०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ७०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि सामान्य घटेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले घटेर ४ हजार ६०५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६१५ रुपैयाँ थियो।