कर्णाली। कर्णाली प्रदेश रंगशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी शनिबार मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ।
ग्रिनल्याण्ड फुटबल एकेडेमी र ह्युमन राइट्स सोसाइटीको संयुक्त आयोजनामा हुने प्रतियोगितामा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी गणेश थापा, उपेन्द्रमान सिंह, अनिल गुरुङ, बालगोपाल महर्जन, सागर थापा, हरि खड्कालागयत सहभागी हुने एकेडेमीका अध्यक्ष शशी केसीले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिए।
कर्णाली प्रदेशमा पहिलोपटक पूर्वराष्ट्रिय खेलाडीको सहभागितामा यस्तो प्रतियोगिता आयोजना हुन लागेको हो।
प्रतियोगितामा कर्णाली प्रदेशबाट राष्ट्रिय खेलाडी रोहित चन्द, प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव रवीन्द्र चन्द, नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बसेललगायत खेलाडी पनि सहभागी हुनेछन्।
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने