काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८९ हजार ४०० रुपैयाँ कायम छ। आइतबार ९असार २१० छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला चार हजार ५८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला चार हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।