काठमाडाैं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज आयोजना हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यसपटकको अक्सनमार्फत प्रत्येक फ्रेन्चाइज टोलीले थप दुई जना नेपाली खेलाडीलाई आफ्नो टोलीमा अनुबन्ध गर्न पाउनेछन्।
अक्सनका लागि देशभरबाट कुल ३४७ खेलाडीले नाम दर्ता गराएकोमा आवश्यक छनोट प्रक्रिया पूरा गरी १५५ खेलाडीलाई मात्र अन्तिम सूचीमा समावेश गरिएको छ। यीमध्ये ५२ जना खेलाडीहरू विभिन्न फ्रेन्चाइज टोलीहरूमा आबद्ध हुने अवसर पाउनेछन्।
क्यानले अक्सनको अन्तिम सूचीमा रहेका खेलाडीहरूलाई तीनवटा फरक श्रेणीमा वर्गीकरण गरेको छ। जसअनुसार श्रेणी ‘ए’ मा ५ जना, श्रेणी ‘बी’ मा २७ जना र श्रेणी ‘सी’ मा १२३ जना खेलाडीहरू समेटिएका छन्।