काठमाडौँ
००:००:००
२२ असार २०८३, सोमबार

२२ असार २०८३
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई।
अ+
अ-

काठमाडौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना पुस्ताको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्। नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्दै मुलुकको विकासमा एकीकृत हुनुपर्नेमा उनले जोड दिए।

पूर्वराज्यमन्त्री एवं उद्योगपति हरिप्रसाद पाण्डेद्वारा लिखित पुस्तकको सोमबार काठमाडौँमा आयोजित विमोचन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

उनले राजनीतिक अधिकार प्राप्त भइसकेपछि अबको लक्ष्य सम्पूर्ण जनताको सहभागितामा मानवीय र प्राकृतिक साधन र स्रोतको अधिकतम प्रयोग गरी देशको विकास गर्नु नै भएको उल्लेख गरे।

नेपाल कृषिप्रधान अर्थतन्त्रबाट औद्योगिक र सेवा प्रदायक अर्थतन्त्रमा जोडिन खोज्न लागेको भन्दै भट्टराईले यसलाई सफल बनाउन केही दशकसम्म राजनीतिक स्थिरता, सुशासन र स्पष्ट योजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले राजनीतिक अधिकारको लडाइँ र विद्रोहका लागि बनेका पुराना विचार र संगठनहरू आजको विकास, समृद्धि र सुशासनको युगमा जस्ताको तस्तै काम लाग्न नसक्ने भएकाले नयाँ विचार र सोचसहितको नयाँ पुस्तालाई अगाडि बढाउन आवश्यक रहेको तर्क गरे।

उनले नयाँ दल रास्वपाले आफ्नो वाचा पत्रमा उठाएका देश विकासका कुरालाई राष्ट्रिय नीति बनाउनुपर्ने र यसमा कांग्रेस, एमाले, नेकपालगायत सबै दलले सहयोग गर्नुपर्ने विचार व्यक्त गरे।