सेयरबजार
सेयरबजारमा मंगलबार ३५२ कम्पनीका ७२ हजार २२ पटकको कारोबारमा ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच
काठमाडौँ। साताको दोस्रो कारोबार दिन आज (मंगलबार) नेप्से दोहोरो अंकले बढेको छ। दिनभर उतारचढाव रहेको नेप्से अन्तत: २४.५७ अंकले बढेर बन्द भयो। नेप्सेको कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
नेप्से सोमबार २६.२९ अंकले घटेको थियो। अघिल्लो कारोबार दिनको तुलनामा आज ०.९३ प्रतिशतले बढ्दै नेप्से २६५१.६८ विन्दुमा रोकिएको छ।
आजको दिनमा सेन्सेटिभ इन्डेक्स पनि ४.३३ अंकले बढेर ४६०.६१ विन्दुमा रोकिएको छ। प्रतिशतका आधारमा यो अघिल्लो कारोबार दिनको तुलनामा ०.९५ प्रतिशतले बढी हो। यस्तै फ्लोट इन्डेक्स ०.९६ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०२ प्रतिशतले बढेको छ।
सेयरबजारमा मंगलबार ३५२ कम्पनीका ७२ हजार २२ पटकको कारोबारमा ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच भए। जसअनुसार मंगलबार चार अर्ब ४० करोड सात लाख ५२ हजार ५४२ रुपैयाँको कारोबार भयो। सोमबार भने तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको कारोबार भएको थियो।
सेयर बजारमा आज २१० कम्पनीका सेयरमूल्य बढे। ५७ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा १० कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (मंगलबार) १३ समूहको कारोबार भएकामा सबै समूहका सूचकमा हरियाली छाए।

जसअनुसार नेप्सेमा मंगलबार वाणिज्य बैंक १.५२‚ विकास बैंक १.१३‚ फाइनान्स ०.५७‚ होटेल तथा पर्यटन ०.५४‚ जलविद्युत् ०.९९‚ लगानी ०.३८ र जीवन बिमा समूहको सूचक ०.६९ प्रतिशतले उकालो लागे। यसैगरी उत्पादन तथा प्रशोधन ०.४०‚ लघुवित्त ०.२५‚ म्युचुअल फन्ड ०.३०‚ निर्जीवन बिमा ०.७२‚ अन्य ०.७७ र व्यापार समूहको उपसूचक १.८९ प्रतिशतले बढ्यो।
नेप्सेमा मंगलबार कालांगा हाइड्रो लिमिटेडका लगानीकर्ताले १४.९९ प्रतिशतले आम्दानी गरे। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १३.७८ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज केबीएल डिबेन्चर अग्रस्थानमा रह्यो। मंगलबार यसको २० करोड ७५ लाख ८७ हजार १२५ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज ग्लोबल आईएमई बैंक लिमिटेड अगाडि रह्यो। मंगलबार यसको ६ लाख ८९ हजार १०८ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता २४८ रुपैयाँ कायम रह्यो।