काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा नौ सय रुपैयाँले घटेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला मूल्य २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य प्रतितोलामा ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भएको थियो ।