काठमाडाैं। काठमाडाैंकाे नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा तीन जना पक्राउ गरेका छन्।
बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरिएकाे सीईबीले जनाएकाे छ।
उनीहरूलाई बुधबार राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको थियो। थप अनुसन्धान गर्न म्याद थपका लागि आज उनीहरुलाई अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ।
बाल मन्दिरको स्वामित्वमा रहेको जग्गालाई बाल संगठनका पूर्वपदाधिकारीहरुले लामो समयका लागि सस्तो भाडामा लगाएर बालमन्दिरलाई नोक्सानी पुर्याएको आरोप लाग्दै आएको छ।