काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

लमजुङ। लमजुङमा पाँच दिनदेखि हराइरहेका एक पुरुषको शव जङ्गलमा फेला परेको छ।

बेसीशहर नगरपालिका–२ स्थायी घर भई हाल बेसीशहर नगरपालिका–८ बस्दै आएका ५७ वर्षीय बुद्धि बहादुर बोहोराको शव विहीबार बेसीशहर–१ स्थित पेन्टिङडाँडा माथिको जंगलमा फेला परेको हो।

बोहोराको आइतबारदेखि परिवारसँग सम्पर्कविहीन भएपछि खोजी भइरहेको थियो। खोजतलास गर्ने क्रममा उनका छोरा प्रविन बोहोरा र उनका साथीहरूले जंगलमा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर क्षेत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटनास्थलको मुचुल्का उठाई अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

प्रहरीका अनुसार मृतकको टाउको र अनुहारमा चोट देखिएको छ। प्रारम्भिक अवस्थाले घटना शंकास्पद देखिएकाले हत्या भएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल लमजुङ पठाउने तयारी गरिएको छ।