काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउदै संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी हुन्।
उनले प्रधानमन्त्रीले संसद्लाई भन्दा आफ्नो दलको चितवन महाधिवेशनलाई प्राथमिकता दिएकोमा आपत्ति जनाउँदै सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा राखेकी छन्। राष्ट्रिय सार्वभौमिकता र सीमा जस्तो संवेदनशील विषयमा सत्ता पक्षका सांसदहरू मौन बसेको भन्दै उनले उक्त मौनतालाई इतिहासले मूल्याङ्कन गर्ने चेतावनी दिएकी छन्।
साथै सांसद ओलीले प्रधानमन्त्रीले आफ्नो सो अभिव्यक्तिका लागि सार्वजनिक रूपमा नै सच्चाउनुपर्ने बताईन।