काठमाडौँ
००:००:००
२५ असार २०८३, बिहीबार

२५ असार २०८३
अ+
अ-

काठमाडौँ। प्रहरीले ब्राउनसुगरसहित कारोबारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ विराटनगर महानगरपालिका-५ का २६ वर्षीय साहिल दाहाल, सोही ठाउँका ३० वर्षीय राजु पोखरेल र सुनसरी इनरुवा नगरपालिका-६ का २८ वर्षीय तुल्सी पोखरेल रहेका छन्।

उनीहरूलाई काठमाडौँ महानगरपालिका-७ बाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले जनाएको छ। बुधबार ब्युरोबाट खटिएको टोलीले उनीहरूको साथबाट ३६.४३० ग्राम ब्राउनसुगर बरामद भएको प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए।

पक्राउ परेकालाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।