काठमाडौँ
००:००:००
१ श्रावण २०८३, शुक्रबार

१ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। २०८३ साल साउन १ गते शुक्रबार सन् २०२६ जुलाई १७ तारिख। असार शुक्ल पक्षको तृतीया उपरान्त चतुर्थी तिथि। साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन र दक्षिणायन आरम्भ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। नेपाल न्युजका लागि आचार्य ज्यो.प.बलराम उपाध्याय खकुरेलले तयार पार्नुभएको आजको राशिफल:

मेष: आजको दिन बौद्धिक र रचनात्मक कार्यमा रुचि बढ्नेछ। सन्तान वा परिवारका सदस्यहरूबाट सुखद समाचार पाउन सक्नुहुन्छ। आर्थिक दृष्टिकोणले दिन सामान्य रहनेछ, तर हतारमा लगानी नगर्नुहोला। प्रेम जीवनमा मधुरता छाउनेछ।

वृष: पारिवारिक सुख र सुख(सुविधाका साधनमा खर्च बढ्न सक्छ। घरजग्गा वा सवारी साधन खरिदको योजना बन्न सक्छ। कार्यक्षेत्रमा केही मानसिक तनाव हुन सक्छ, त्यसैले आफ्नो क्रोध र वाणीमा नियन्त्रण राख्नुहोला।

मिथुन: तपाईंको पराक्रम र आत्मविश्वासमा वृद्धि हुनेछ। छोटो दुरीको यात्राको सम्भावना छ, जसबाट फाइदा मिल्नेछ। भाइबहिनीसँगको सम्बन्ध सुमधुर रहनेछ। रोकिएका पुराना कामहरू आज थोरै मिहिनेतले पनि पूरा हुन सक्छन्।

कर्कट: धन लाभको राम्रो योग बनेको छ। आकस्मिक स्रोतबाट पैसा हात पर्न सक्छ। परिवारमा कुनै उत्सव वा मांगलिक कार्यको रूपरेखा बन्नेछ। बोलीको प्रभावले मानिसहरूलाई आकर्षित गर्न सफल हुनुहुनेछ, तर खानपानमा ध्यान दिनुहोला।

सिंह: मान(सम्मान र सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ र तपाईं ऊर्जावान् महसुस गर्नुहुनेछ। नयाँ काम वा व्यवसाय सुरु गर्नका लागि दिन अनुकूल छ। निर्णय लिने क्षमता बलियो बन्नेछ।

कन्या: आज खर्चमा वृद्धि हुन सक्छ, जसले गर्दा बजेट बिग्रने सम्भावना रहन्छ। अनावश्यक यात्रा वा दौडधुपले थकान महसुस गराउन सक्छ। आँखा वा टाउको दुख्ने जस्ता सानातिना स्वास्थ्य समस्या देखिन सक्छन्। लेनदेनमा सतर्क रहनुहोला।

तुला: आजको दिन आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। पुराना लगानीबाट राम्रो प्रतिफल मिल्न सक्छ। साथीभाइ वा ठुला दाजुभाइको सहयोगले रोकिएका कामहरू पुरा हुनेछन्। इच्छाएका पुराना आकांक्षाहरू पूरा हुने समय छ।

वृश्चिक: कार्यक्षेत्र र करियरका लागि आजको दिन निकै उत्तम छ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ र नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर मिल्न सक्छ। उच्च अधिकारीहरूसँगको सम्बन्ध राम्रो रहनेछ। व्यापारमा नाफा हुनेछ।

धनु: भाग्यले पूर्ण साथ दिनेछ। रोकिएका कामहरू स्वतः सुल्झिँदै जानेछन्। धार्मिक वा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ र कुनै तीर्थयात्राको योग बन्न सक्छ। वैदेशिक कार्य वा उच्च शिक्षा अध्ययन गरिरहेकाहरूका लागि दिन शुभ छ।

मकर: आज स्वास्थ्यको मामलामा अलि सतर्क रहनुपर्ने देखिन्छ। सवारी साधन चलाउँदा सावधानी अपनाउनुहोला। कार्यक्षेत्रमा बाधा(अवरोध आउन सक्छन्, त्यसैले धैर्यताका साथ काम गर्नुहोला। वादविवाद र जोखिमपूर्ण लगानीबाट टाढै रहनु हितकर हुनेछ।

कुम्भ: वैवाहिक जीवन र साझेदारीका कामहरूमा सफलता मिल्नेछ। जीवनसाथीको पूर्ण सहयोग र सामिप्यता प्राप्त हुनेछ। व्यापार व्यवसायमा नयाँ सम्झौता हुन सक्छ, जसले भविष्यमा फाइदा पुर्‍याउनेछ। दैनिक रोजगारमा प्रगति हुनेछ।

मीन: शत्रुहरू परास्त हुनेछन् र पुराना कानुनी मामिलाहरूमा तपाईंको जित हुन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा कडा मिहिनेतका कारण सोचेजस्तो सफलता मिल्नेछ। मामाघरको तर्फबाट सहयोग वा शुभ समाचार पाउन सक्नुहुन्छ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । See less