९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ।

बिहीबार कोलम्बोस्थित रेडकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३–० ले पराजित भयो।

पहिलो हाफ गोलरहित रह्यो भने दोस्रो हाफमा भारतका गन्लिबा वाङ्खेरिक्पाम, अज्लान शाह  र डाइमन्ड सिंह थोक्चोमले गोल गरे।

अब भारतले फाइनल खेलमा बंगलादेशको सामना गर्नेछ । बंगलादेशले आजै भएको पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई २-० गोलले हराएको थियो ।