काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभाग मुख्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
भोलि पनि पहाडी भूभागमा सामान्यतया बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ।