काठमाडौँ
००:००:००
७ श्रावण २०८३, बिहीबार

७ श्रावण २०८३
अ+
अ-

काठमाडौँ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नागार्जुन–२ खरिबोट वनस्थलीमा रहेको राज श्री खाद्य स्टोरलाई जरिवाना गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफाअनुसार बिल बिजक नराखेको पाइएपछि विभागले सो स्टोरलाई रु पाँच हजार जरिवाना गरेको हो। बुधबार विभागले कुल ८ वटा फर्ममा स्थलगत अनुगमन गरेको थियो। त्यसमध्ये ७ वटालाई सुधारात्मक निर्देशन दिएको छ।

विभागले उपभोक्ता अधिकारकर्मीलगायतको उपस्थितिमा नियमित बजार अनुगमन गर्दै आएको छ।