काठमाडौँ। चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन्। उनी भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा यही ७ साउनमा भारत भ्रमणमा गएका थिए।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार भ्रमणका क्रममा प्रधानन्यायाधीश शर्माले समकक्षी कान्तसँग दुईपक्षीय भेटवार्ता गरी दुई देशबीच न्याय आदानप्रदान गर्ने विषयमा कुराकानी भएको थियो।
प्रधानन्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारी समेत लिएका थिए। उक्त भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सहरजिष्ट्रार अमित उप्रेती सहभागी थिए।