काठमाडौं। आज २०८२ साल असोज १२ गते आइतबार। आश्विन शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ सेप्टेम्बर २८ तारिख। कात्यायानी पूजा। विश्व रेविज दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।
मेष : समय शुभ रहनेछ। क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिंढी चढ्न सकिनेछ । पद पाउने ग्रहयोग रहेको छ ।
बृष : स्वास्थ्य राम्रो रहनेछ । ईमान्दारितापूर्वक गरिएको प्रयत्नले लक्ष्य पहिल्याउँन सहज हुनेछ । भनेजस्तो आम्दानी गर्न सकिनेछ भने विभिन्न भौतिक सम्पतिहरु जोड्न सकिनेछ । व्यापार व्यावसायमा लाभ पाईनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुँदा आफू तथा शुभचिन्तकहरु खुशी रहनेछन् ।
मिथुन: परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ भने पति पत्नी बीच अबिस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला, दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।
कर्कट: हतार गर्ने बानीले अनावश्यक विवादमा फस्ने योग रहेको छ । काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुनेछन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला । आफ्ना कमजोरीहरु सकभर लुकाउने प्रयास गर्नुहोला । पढाई लेखाईमा प्रतिष्पर्धीहरुलाई किनारा लगाउँदै अगाडि बढ्ने समय रहेकोछ ।
सिंह: समय शुभ छ । सत्रु तथा प्रतिस्पर्धीहरु आईलाग्ने भए पनि अन्तत तपाईको क्षमता देखेर आफै साईड लाग्नेछन् । स्वास्थ्य सम्बन्धी पुराना समस्याहरु ठीक हुँदै जाने तथा काम गर्न सहज वातावरण बन्नेछ । पुराना ऋणहरु सकाउँदै नयाँ कामको थालनि गर्न सकिनेछ । प्रेम प्रसङ्गमा सकिनेछ ।
कन्या: अवसर प्राप्त हुनेछ तर भने जस्तो पारिश्रमिक पाईने छैन । विद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नुपर्ला ।परिवार तथा सन्तानबाट तपाईले गरेको काममा असहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी नबढाउँदा राम्रो हुनेछ । मायाा प्रेममा विश्वासको वातावरण बढेर जानेछ ।
तुला : आज समय अत्यन्तै शुभ छ । राजनीति तथा समाज सेवामा गरिएको लगानीबाट भनेजस्तो उपलब्धि हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानीको लागि रुपैयाँ जुटाउँन सहज हुनेछ । अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।
वृश्चिक: स्वास्थ्य सम्बन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिए पनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहाँदै छुट्टिनु पर्ने हुन सक्छ ।
धनु: समय शुभ रहेको छ। आम्दानीको तुलनामा खर्च कम हुने हुँदा फाईदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा गरेको लगानि फस्टाएर जान्छ, राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाई लेखाई प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ
मकर: स्वास्थ्य सबल रहनेछ । समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । समग्रमा समय शुभ छ ।
कुम्भ: आज समय राम्रो रहेको छ। , आफन्त तथा साथीभाईबाट सहयोग मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा मन लाग्नेछ। आज भाग्य तपाईंको अनुकूल रहनेछ। व्यापार व्यवसाय तथा काममा राम्रो प्रगति गर्न सकिनेछ।
मीन: स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आफन्त तथा कुटुम्बसँग व्यवहार गर्दा वा कुनै पनि काम गर्दा सावधानी अपनाउनु होला, कामहरु बिग्रने तथा मनमुटाब पैदा हुन सक्छ । समय मध्ययम रहेकोले परिबन्धमा परिने तथा झै झगडा हुने अधिक सम्भावना रहेकोछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।