काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१३ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। अर्थमन्त्री रामेश्वर खनालले मन्त्री भएयता करिब तीन हजार आठ सयवटा सन्देशको जवाफ दिएको बताएका छन्।

उनले ह्वाट्सएपमा आएका दुई हजार दुई सय, मोबाइलमा मेसेजमार्फत आएका एक हजार पाँच सयभन्दा बढी र इमेलमा आएका एक सय २१ वटा सन्देशको जवाफ दिएको जनाएका छन्।

सोमबार उनले फेसबुकमा स्टेटस लेखेर आफूलाई आएका सन्देशको जवाफ दिइरहेको उल्लेख गरेका हुन्।

इमेलमा आएका अझै सयौँ सन्देश सम्बोधनको क्रममा रहेको र दसैँको टीकाअघि नै ती सन्देश सम्बोधन गर्ने प्रयासमा रहेको बताएका छन्।

अर्थमन्त्री खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अर्थ मन्त्रालय र त्यसअन्तर्गतका निकायको सेवा सम्बन्धमा कुनै गुनासो भएमा इमेल र मोबाइलमा फोन गरेरै जानकारी गराउन भनेका थिए।

मोबाइल र इमेलमार्फत आएका सन्देश र गुनासो सम्बोधन गर्न अर्थ मन्त्रालयका उपसचिवको नेतृत्वमा चार जना कर्मचारीलाई जिम्मेवारी तोकेका थिए।