काठमाडौँ। सोमबार राति इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याम र एभरटनबीचको खेल बराबरीमा टुंगिएको छ।
नयाँ प्रशिक्षक नुनो स्पिरियटो सान्टुको पहिलो खेलमै वेस्ट ह्यामले १–१ को बराबरी खेलेको हो । एभरटनका लागि माइकल केनले खेलको १८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर, वेस्ट ह्यामका जारोड बोवेले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा फर्काए ।
बराबरीसँगै एभरटन आठ अंकका साथ तालिकाको आठौं स्थानमा पुगेको छ । वेस्ट ह्याम भने अझै रेलिगेसन क्षेत्रमै रहँदै १९ औं स्थानमा छ। यस सिजन खेलेका सात खेलमध्ये वेस्ट ह्यामले हारबाट जोगिएको यो दोस्रो खेल मात्र हो ।