नयाँ दिल्ली। आर्थिक शहर मुम्बईबाट मंगलबार बिहान राजधानी दिल्लीतर्फ उडेको इन्डिगो विमानमा बम भएको गलत सूचना फैलिएपछि दिल्ली विमानस्थल केही घण्टा अस्तव्यस्त बन्न पुगेको छ।
इन्डिगोको फ्लाइट नम्बर ६इ–७६२, जसमा दुई सयजति यात्रु सवार थिए। विमानमा बम रहेको सूचना पाएलगत्तै सुरक्षा एजेन्सीले विमानस्थलको सुरक्षालाई थप कडा बनाएको थियो।
उनीहरूले विमानस्थललाई पूर्ण आपतकालीन सचेतनामुनि राखेको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई)ले जनाएको छ ।
तर, त्यो सूचना भ्रामक रहेको तथ्य निकै पछि प्रमाणित भयो। विमान ७ बजेर ५३ मिनेटमा सकुसल अवतरण गरेको फ्लाइटराडर डटकमले उल्लेख गरेको छ।