काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

आजका मानिसहरूका साझा पुर्खा अनुमान गरिएभन्दा २० गुणा समय ढिलो अफ्रिकाबाट निस्किएका थिए, जतिबेला उनीहरू होमो सेपियन्स भइसकेका थिए।  

१७ आश्विन २०८२
अ+
अ-

हार्भर्ड विश्वविद्यालयका आनुवंशिक विज्ञानका प्राध्यापक डेभिड राइखको सन् २०२० मा प्रकाशित पुस्तक हु वी आर एन्ड हाउ वी गट हियर (हामी को हौँ कसरी यहाँसम्म आइपुग्यौँ)ले मानव इतिहासबारे स्थापित केही महत्त्वपूर्ण मान्यता भत्काइदियो

 तीमध्ये एक थियो, आर्य आक्रमण सिद्धान्त (आर्यन इन्भेजन थ्योरी) उक्त सिद्धान्तको मूल मान्यता थियो अहिले भारतीय उपमहाद्वीपमा रहेका संस्कृतबाट सिर्जित भाषा बोल्ने मानिस करिब तीन हजारदेखि ३५ सय वर्षपहिले पश्चिम युरेसियाका घाँसे मैदानबाट सिन्ध घाटी सभ्यतामा आएर द्रविडभाषी मानिसलाई लडाइँमा जितेर शासन गरेका हुन्

 आर्य आक्रमण सिद्धान्तले शुद्ध आर्य शुद्ध द्रविडको मान्यता राख्थ्यो तर, आनुवंशिक अध्ययनमार्फत राइखले निकालेको निष्कर्ष थियो अहिले भारतीय भूगोलमा बाँचिरहेका मानिस कोही पनि शुद्ध आर्य, शुद्ध द्रविड होइन राइखका अनुसार यी दुई मूल जाति (रेस)हरूको डीएनएमा पश्चिम युरोप पूर्वी एसियाबाट आएका मानिसको वंशाणु मिसिएको

 यस्तो निष्कर्षमा पुग्न के-कस्तो आनुवंशिक अध्ययन गरियो भन्नेबारे राइखले पुस्तकमा वर्णन गरेका छन् पुस्तकको पहिलो अध्यायमा उनी आनुवंशिक अध्ययन कसरी हुन्छ, त्यो पद्धतिको विकास कसरी भयो त्यसले के-कस्ता नयाँ भ्रम तथ्य निर्माण र्‍यो भन्ने व्याख्या गर्छन् 

यो लेखको अबको खण्ड राइखको पुस्तकका तिनै अध्यायका संक्षिप्त अनुवाद हो

०००

आनुवंशिक विज्ञान (जेनेटिक्स)ले कसरी मानिसको इतिहास बताउँछ भन्ने थाहा पाउन जिनोममा कसरी आनुवंशिक सूचना संग्रहीत हुन्छन् भन्ने बुझ्नुपर्छ। जिनोमलाई आनुवंशिक सूचना (जेनेटिक कोड)को सिंगो संग्रहका रूपमा लिइन्छ।

सन् १९५३ मा फ्रान्सिस क्रिक, रोजालिन्ड फ्र्यांक्लिन, जेम्स वाट्सन र मरिस विल्किन्सनले करिब तीन अर्ब जोडी रासायनिक इँटाहरूको (जम्माजम्मी ६ अर्ब) दोहोरो लहरमा बसेका हुन्छन् भनेर नमुना नै बनाएर देखाए। ती रासायनिक इँटाहरू (ब्लक)लाई चारवटा अक्षरले जनाउने गरिन्छः ए (एडिनाइन), सी (साइटोसाइन), जी (गुएनाइन) र टी (थायमिन)।

जिन (वंशाणु) चाहिँ यस्ता लहरको एउटा खण्ड हो। सामान्यतः यस्ता खण्डहरू एक हजारवटा रासायनिक अक्षर जति लामा हुन्छन् जसले निश्चित प्रोटिन निर्माण गर्छन्।

जिनहरूको बीचमा प्रोटिन निर्माणमा कुनै हिस्सा नलिने डीएनए पनि हुन्छ जसलाई ननकोडिङ (सूचनाविहीन) डीएनए भनिन्छ। कहिलेकाहीँ त्यस्ता डीएनएलाई जंक (पत्रु) डीएनए पनि भनिन्छ।

६ अर्बभन्दा बढी रासायनिक अक्षरमध्ये करीब ३० लाखवटा यस्ता फरकहरू हुन्छन्। जति फरकहरू बढी हुन्छन् त्यति नै त्यो पुस्ता आफ्नो पुर्खाबाट अलग्गिँदै गएको पुष्टि हुन्छ।

कुनै पनि जिनमा यी रासायनिक अक्षरहरू कसरी बसेका छन् भन्ने थाहा पाउन डीएनएका टुक्राहरूलाई एउटा यन्त्रमा राखेर रासायनिक प्रतिक्रिया गराइन्छ। यसरी प्रतिक्रिया गराउँदा निस्कने किरणहरूको आधारबाट अक्षरहरूको अवस्थिति थाहा हुन्छ। ए, सी, जी र टी अक्षरहरूले रासायनिक प्रतिक्रिया गर्दा बेग्लाबेग्लै रङका किरण उत्सर्जन गर्ने भएकाले यिनीहरूको अवस्थिति थाहा हुन्छ।

बहुसंख्यक वैज्ञानिकहरू यी जिनमा रहेका जीववैज्ञानिक सूचनाहरूमा केन्द्रित हुन्छन्। तर, कहिलेकाहीँ यी डीएनएको शृंखलामा रहेका रासायनिक अक्षरहरूको अवस्थितिमा एकाएक परिवर्तन आउँछ। यस्तो परिवर्तन विगतमा एक पुस्ताबाट अर्को पुस्तामा जिनोम सर्दा हुन्छ जसलाई उत्परिवर्तन (म्युटेसन) भनिन्छ (सन् २०२० मा कोभिड-१९ महामारी फैलाउने नोबलकोरोना भाइरस विशुद्ध नयाँ नभई पहिलेदेखि अस्तित्वमा रहेका कोरोना भाइरसमा भएको उत्परिवर्तन थियो)। हजार अक्षरमा एउटा वा दुवै जिनमा वा ‘जंक’ डीएनएमा भएका यस्ता परिवर्तनकै आधारमा उक्त सजीवको इतिहास अध्ययन गरिन्छ।

६ अर्बभन्दा बढी रासायनिक अक्षरमध्ये करीब ३० लाखवटा यस्ता फरकहरू हुन्छन्। जति फरकहरू बढी हुन्छन् त्यति नै त्यो पुस्ता आफ्नो पुर्खाबाट अलग्गिँदै गएको पुष्टि हुन्छ। त्यसैले रासायनिक अक्षरहरूको अवस्थितिमा हुने फरकहरूको घनत्वले इतिहासको कुनै जाति र अहिलेको मानिसबीचको सम्बन्ध कति निकट वा टाढा हो भन्ने जनाउँछ।

आनुवंशिक विज्ञानको यो प्रविधिलाई मानव जातिको इतिहासबारे अध्ययन गर्न सबैभन्दा पहिला माइटोकन्ड्रियल डीएनएमा प्रयोग गरिएको थियो। माइटोकन्ड्रियल डीएनए जिनोमको निकै सानो अंश हो। कति सानो भने, न्युक्लियर डीएनएमा रासायनिक अक्षरहरू जम्माजम्मी तीन अर्ब जोडी तर माइटोकन्ड्रियल डीएनएमा जम्मा १६ हजार जोडी हुन्छन्।

यो सानो अंशको एउटा विशिष्टता छ जुन डीएनए केवल आमाबाट छोरी र नातिनीमा सर्दै जान्छ। अर्थात् सीताका दुई सन्तान गीता र श्याम छन् भने गीताकी छोरीमा सीताको माइटोकन्ड्रियल डीएनए गएको हुन्छ। श्यामकी छोरीमा भने उसकी पत्नीको आमाको। त्यसैले माइटोकन्ड्रियल डीएनएको अध्ययनले कुनै पनि मानिसको मावली खलकहरूको अध्ययन गर्न सकिन्छ।

सन् १९८७ मा एलन विल्सन र उनका सहकर्मीहरूले संसारका विभिन्न मानिसहरूको माइटोकन्ड्रियल डीएनएका सयौँ अक्षरको शृंखला तयार पारेका थिए। भिन्नाभिन्नै शृंखलामा भएका उत्परिवर्तनहरूको अध्ययन गरेर उनी र उनका सहकर्मीहरूले आमाहरूपट्टिको सम्बन्धको पारिवारिक वृक्ष तयार पारेका थिए। त्यसबाट उनीहरूले फेला पारेको तथ्य थियो, त्यो पारिवारिक वृक्षको मूल हाँगो जुन मुख्य काण्डबाट छुट्टिएको थियो, अहिलेको अफ्रिकाको दक्षिणी क्षेत्र (उपसहारा) क्षेत्रमा बस्ने मानिसहरूको पुर्खामा मात्रै पाइन्छ। यस तथ्यले दिने सन्देश हो– आधुनिक मानिसका पुर्खाहरू अफ्रिकामा बस्थे। आज अफ्रिकाभन्दा बाहिर बस्ने सबै मानिसहरू भने त्यही हाँगाबाट छुट्टिँदै गएका ससाना हाँगाहरू हुन्।

बहुक्षेत्रीय सिद्धान्त सही हुन्थ्यो भने आजका मानिसको मूल हाँगो २० लाख वर्षअघि छुट्टिएको हुनुपर्थ्यो। तर, आनुवंशिक तथ्यांकहरूले यसलाई असत्य साबित गरिदिए।

सन् १९८० र १९९० का दशकहरूमा भएका पुरातात्त्विक र आनुवंशिक खोजहरू तथा कंकालहरूको प्रमाणको संश्लेषण गर्न यो खोजले महत्त्वपूर्ण भूमिका खेल्यो। जसबाट एउटा सिद्धान्त निस्सृत गरियो– आधुनिक मानव लाखौँ वर्ष पहिले अफ्रिकामा बस्ने पुर्खाकै सन्तति हो। कुन गतिमा उत्परिवर्तन भएको छ भन्ने आधारमा विल्सन र उनका साथीहरूले सबै हाँगाहरूको सबैभन्दा नजिकको अफ्रिकाली पूर्वज करीब दुई लाख वर्षअघिका थिए भन्ने निष्कर्ष निकाले। मानव उद्विकासको त्यो विन्दुलाई भनियो, ‘माइटोकन्ड्रियल इभ’ वा ‘माइटोकन्ड्रियल साँझ’। पछि गरिएका अध्ययनहरूले सही समय चाहिँ एक लाख ६० हजार वर्षअघि रहेको देखाएका छ। तथापि, यो पनि ठ्याक्कै यही समय नै हो भन्न गाह्रो छ, किनभने कुन गतिमा उत्परिवर्तनहरू भएका छन् भनेर पत्ता लगाउने काम सजिलो छैन।

जे होस्, संसारका सबै मानिसको एउटै पूर्वज थिए भन्ने यो वैज्ञानिक निचोडले मानव इतिहास लेखनमा ठूलै प्रभाव पार्‍यो। यसले उद्विकासको ‘बहुक्षेत्रीय सिद्धान्त’ लाई खारेज गर्‍यो। उक्त सिद्धान्तअनुसार करिब १८ लाख वर्षपहिले आजका आधुनिक मानव (होमो सेपियन्स) नभई तिनका पूर्वज होमो इरेक्टस संसारका विभिन्न भागमा फैलिएर विकसित हुँदै गएको हो। होमो इरेक्टस तिनै मानव पुर्खा थिए जो पहिलोपटक सीधा उभिएका थिए, आगो र ढुंगाको हतियार प्रयोग गर्थे, जसको मस्तिष्क हाम्रोभन्दा दुईतिहाइ सानो आकारको थियो।

बहुक्षेत्रीय सिद्धान्त सही हुन्थ्यो भने आजका मानिसको मूल हाँगो २० लाख वर्षअघि छुट्टिएको हुनुपर्थ्यो। तर, आनुवंशिक तथ्यांकहरूले यसलाई असत्य साबित गरिदिए। माइटोकन्ड्रियल डीएनएले पुष्टि गरेको तथ्य हो, आजका मानिसहरूका साझा पुर्खा अनुमान गरिएभन्दा २० गुणा समय ढिलो अफ्रिकाबाट निस्किएका थिए, जतिबेला उनीहरू होमो सेपियन्स भइसकेका थिए।

०००

त्यसो भए होमो सेपियन्सभन्दा पहिला अफ्रिकाबाट मानिसहरू बाहिर निस्केकै थिएनन् त ? त्यस्तो पटक्कै होइन।

अनि के माइटोकन्ड्रियल इभको सिद्धान्त ध्रुवसत्य हो त? त्यो पनि होइन।

त्यसो भए सत्य के हो त? आनुवंशिक अध्ययनमा अर्को पाटो पनि थपियो, बुवाबाट छोरा हुँदै पुस्तान्तर हुँदै जाने वाई क्रोमोजमको अध्ययन। माइटोकन्ड्रियल डीएनए र वाई क्रोमोजमको अध्ययनबाट आएका निचोडलाई राइखले पुस्तकमा व्याख्या गरेका छन्। जसका मुख्य निष्कर्ष यस्ता छन्ः

– ४० हजार वर्षअघिसम्म संसारमा होमो सेपियन्स मात्र नभई अरू प्रजातिका मानिस पनि थिए जो शारीरिक रूपले भिन्दै थिए, तर सीधा उभिएर हिँड्थे।

– त्यस्तो किन भएको थियो भने साढे पाँच लाख वर्षअघिसम्म मात्र यी सबै मानिसको पूर्वज एउटै थियो जो अफ्रिकामा बस्थ्यो।

– करीब पाँच लाख वर्षपहिले मानिसका पूर्वजको एउटा हिस्सा अफ्रिकाबाट बाहिरियो जो उत्तरी युरोपतिर गयो। त्यहाँ थप विकास भयो जसलाई नियन्डरथल भनिन्छ।

– त्यसैगरी अरू पनि समूहहरू भिन्नाभिन्नै समयमा अफ्रिकाबाट बाहिरिए।

– अहिले भिन्नाभिन्नै ठाउँका मानिसहरूमा होमो सेपियन्सको मात्र नभई अरू मानव प्रजातिका डीएनएको पनि अंश पाइन्छ। किनभने, संसारका सबै मानिसको डीएनएमा पाइने साझा पुर्खा ५० हजार वर्षपहिले मात्र अफ्रिकाबाट निस्किएका थिए। यी आधुनिक मानवका साझा पुर्खा संसारका विभिन्न ठाउँमा पुगे। र, त्यहाँ भएका अन्य मानव जातिसँग उनीहरूको सम्बन्ध रह्यो।

– जस्तै, अहिलेका युरोपेली मानिसहरूमा नियन्डरथलको डीएनएको हिस्सा अन्यत्रको भन्दा धेरै पाइन्छ। जसले कुनै बेला त्यहाँका पूर्वज र नियन्डरथलबीच सम्बन्ध रहेको पुष्टि गर्छ।

– कालान्तरमा मानवका अन्य प्रजाति लोप हुँदै गए र होमो सेपियन्स एक्लो हुन पुग्यो।

– तथ्य के हो भने, हामी कोही पनि शुद्ध होमो सेपियन्स होइनौँ।

प्रस्तुति : लक्ष्मण श्रेष्ठ