काठमाडौं। हलिउड स्टार टम क्रुज चौथो विवाहको तयारीमा छन्। उनी अभिनेत्री एना डे अर्माससँग बिहे गर्ने तयारीमा रहेको अमेरिकी अखबारहरूले बताएका छन्।
हलिउड स्टार निकोल किडमेन र किथ अर्बनसँग २० वर्ष बिताएका क्रुज पछिल्लो केही समयदेखि एक्लै थिए। उनले ‘मिशन इम्पोसिबल’ मा आफूले गरेको स्टन्ट जस्तै स्काई डाइभिङ गर्दै बिहे गर्ने सोचमा छन्।
६३ वर्षीय क्रुजले सन् १९८७ मा पहिलो पल्ट मिमी रोजर्ससँग बिहे गरेका थिए। उनीहरू १९९० मा छुट्टिए। यसपछि निकोलसँग १९९० मै बिहे गरे।
दुवैले दुई जना बच्चालाई अंगीकार गरेका थिए। उनीहरूको पारपाचुके २००१ मा भएको थियो। क्रुजले २००६ मा केटी होम्ससँग तेस्रो बिहे गरे। त्यो पनि २०१२ मा समाप्त भएको थियो। त्यसयता उनी एक्लै थिए।
३७ वर्षीय एनासँग यही वर्षको सुरुआतमा उनको सम्बन्ध झाङ्गिको हो। गत मेमा एनाले पहिलो पल्ट स्विकार गरेकी थिइन, क्रुजसँग उनको नजिकको सम्बन्ध छ।