काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ आश्विन २०८२
अ+
अ-

काठमाडौं । भारतीय सिनेमामा ‘एंग्री म्यान’ को छवी बनाएका सन्नी देवलले रामायणका लोकप्रिय कलाकार हनुमानको अभिनय गर्ने भएका छन् । नितेश तिवारीले निमार्ण गर्न लागेको रामायणमा सन्नीले राम भक्त हनुमानको रोल गर्न लागेका हुन् ।

यसअघि हनुमानको भूमिकामा थुप्रै कलाकार देखा परिसकेका छन् । जसमा सबैभन्दा पहिले दाह्रा सिंहले सन् १९७६ मा बजरंगबली फिल्ममा अभिनय गरेका थिए । १९८७ मा रामानन्द सागरले निर्माण गरेका रामायण टिभी शृंखलामा पनि उनी नै हनुमानको भूमिकामा देखिएका थिए ।

यसपछि २०१५ मा बनेको ‘सियाके राम’ शृंखलामा दानिस अख्तर सैफीले अभिनय गरेका थिए । उनी पनि दाह्रा सिंह जस्तै कुस्तीवाज थिए । सन् २०२४ मा निर्माण भएको ‘श्रीमद रामायण’ मा निर्भय वाधवाले हनुमानको अभिनय गरेका थिए । महाभारतमा उनले दुर्सासनको भूमिका निर्वाह गरेका थिए ।

सन् १९९७ मा संजय खानले निर्माण गरेको ‘जय हनुमान’ सिरियलमा राज प्रेमीको अभिनय थियो । कन्नड सुपरस्टार क्रषभ सेट्टिले पनि ‘जय हनुमान’ मा हनुमानको अभिनय गरेका छन् । प्रशान्त वर्माले निर्देशन गरेको यो फिल्म रिलिज हुन बाँकी छ ।