काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। प्यालेस्टाइनमा सक्रिय रहेको इस्लामिक समूह हमासले बन्धक बनाएकाहरुलाई छाड्न राजी भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको शान्ति योजनालाई स्वीकार गर्दै हमास बन्धक रिहा गर्न राजी भएको हो।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा नेपाली विपिन जोशीसहित सैयौं व्यक्तिलाई बन्धक बनाएको थियो। पछिल्लो समयमा हमासले सार्वजनिक गरेको ४८ जना बन्धकको बिदाई सूचीमा पनि विपिनको पनि फोटो थियो। जोशीको अवस्था अहिलेसम्म अज्ञात रहेको छ। विपिनको रिहाईका लागि उनको परिवारले अन्तर्राष्ट्रिय अभियान सञ्चालन गर्दै आएको छ।

हमास बन्धक छाड्न राजी भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बम प्रहार रोक्न भनेका छन।

हमासले शान्ति प्रस्तावमा सहमति जनाएपछि इजरायलले गाजामा जारी सैन्य कारवाहीलाई कम गर्दै लगेको जनाएको छ। इजरायली सेनाको रेडियोले गाजामा तैनाथ सैनिकलाई आत्मरक्षाका लागि मात्रै कारवाही गर्न निर्देशन दिएको जनाएको छ।