काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौं। सरकारले वायु सेवा सञ्चालक संघलाई हेलिकप्टर तयारी अवस्थामा राख्न भनेको छ।

कोसी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित वर्षा भइरहेको र त्यसबाट आउन सक्ने बाढी, पहिरो र डुबान प्रभावितहरुको उद्धारको लागि हेलिकप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रालयले वायु सेवा सञ्चालकहरुलाई अनुरोध गरेको हो।

सरकारको लिखित अथवा मौखिक अनुरोधमा परिचालन हुने गरी हेलिकप्टरलाई तत्काल प्रयोगको लागि तयारी अवस्था राख्न गृहमन्त्रालयले भनेको छ।

‘वर्षाका कारण आउन सक्ने बाढी, पहिरो तथा डुबानबाट प्रभावितहरुको खोज तथा उद्दार, राहत, स्थानान्तरण र पुनस्र्थापना गर्ने कार्यका लागि राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र वायुसेवा सञ्चालक संघका बीच भएको सम्झौता अनुसार सबै कम्पनीका हेलिकप्टरहरु तयारी अवस्थामा राख्नु,’ गृहमन्त्रालयको सूचनामा भनिएको छ।