काठमाडौं। देशभर भारी वर्षाको जोखिम टरिसकेको छैन्। आइतबार दिउँसोबाट कोसी प्रदेशमा भारी वर्षा हुने जन तथा मौसम विज्ञान विभागले बताएको छ।
शनिबार भएको भारी वर्षाका कारण कोसी, मधेश र बागमती प्रदेशका धेरै ठाउँमा सडक अवरुद्ध भएका छन्।
सरकारले १८ देखि २० असोजसम्मको लागि लामो दूरीका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ। त्यसैगरी, काठमाडौं उपत्यकाबाट बाहिन र भित्रन पनि ट्राफिक प्रहरीले दिएको छैन।
मनसुनजन्य प्रकोपका कारण निम्तिन सक्ने जोखिमलाई ध्यान दिएर लामो दूरीको सवारी आवागमनमा कडाई गरिएको छ।
शनिबार विहानै हिडेका कतिपय यात्रुहरु भने बीच बाटोमा अलपत्र परेका छन्। कतिपयले प्रहरीले सुरक्षित स्थानतर्फ पठाएको बताएको छ।
ठूला राजमार्गहरुमा ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ भने कतिपय ठाउँमा पुल बगेका छन्। ती ठाउँमा सडक सुचारु हुन समय लाग्ने छ।
यता काठमाडौँ उपत्यकामा भने केही बेर अघिबाट वर्षा हुन रोकिएको छ।