काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल मूल्य प्रतितोला ७ हजार ४ सयले बढेर २ लाख ३० हजार ६ सयमा कारोबार भइरहेको छ । यस अघि असोज १२ गते सुन मूल्य प्रतितोला २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर २९३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असोज १२ गते चाँदी तोलाको २८१० मा कारोबार भएको थियो ।