काठमाडौं। पहिरोमा परी इलाम जिल्लामा मृत्यु हुनेको संख्या २५ पुगेको छ। शनिबार र आइतबारको अविरल वर्षापछि पहिरो जाँदा इलामका विभिन्न ठाउँमा पहिरो गएको थियो।
सशस्त्र प्रहरीका अनुसार सूर्योदय नगरपालिका-१ मा पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ। इलाम नगरपालिकामा पहिरोमा पुरिएर एकै घरका ६ जनाको मृत्यु भएको छ।
सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार देउमाई नगरपालिकामा दुई, खापखुकपुङ गाउँपालिकामा एक, माइजोगमाई गाउँपालिकामा आठ र माङसेबुङ गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ।
इलाम नगरपालिका-६ मा गएको पहिरोमा पुरिँदा घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारको लागि विराटनगर लगिएको छ।