१९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। इलामको सन्दकपुर गाउँपालिकामा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार बिहान पहिरो जाँदा उक्त गाउँपालिकामा तीन जनाको मृत्यु भएको हो।

योसँगै अविरल वर्षापछि इलाममा पहिरो जाँदा मृत्यु हुनेको संख्या २८ पुगेको छ। यसअघि, माइजोगमाई गाउँपालिकामा ८, इलाम नगरपालिकामा ६, सूर्योदय नगरपालिकामा ५, माङसेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा २ र खापखुकपुङ गाउँपालिकामा १ जनाको मृत्यु भएको थियो।