काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ।

आइतबार मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले जोखिमको अवस्था पूर्वानुमान गरेर सवारी आवागमन सुचारु गर्न निर्देशन दिएको हो।

शनिबारदेखि अतिभारी वर्षा भएको कारण तीन दिनका लागि लामो दूरीका सवारी साधनको आवागमनमा रोक लगाइएको थियो।

‘राजमार्गमा रोकिएका मालबाहक र यात्रुबाहक सवारी साधन तथा छोटो दूरीमा संचालन हुने सवारी साधनहरुको हकमा स्थानीय स्तरको विपद् जोखिमको अवस्थालाई दृष्टिगत गरी अन्तर जिल्ला समन्वयमा आवागमन सुचारु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिने निर्णय गरेको छ’, बैठकको निर्णयमा भनिएको छ।