काठमाडौं। अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाको चौथो खेलमा नेपाली महिला राष्ट्रिय टिमले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
आज मंगलबार हुन लागेको चौथो खेलमा नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमा तीन रनले पराजित भएको नेपाली महिला टिम दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो भने तेस्रो खेलमा १३ रनले पराजय भएको थियो ।