काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य हालसम्मकै उच्च हो । सोमबार सुन तोलामा दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलामा २ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।