काठमाडौं। दोलाखा जिल्लाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गएर फर्किने क्रममा बाटोमा फसेका चार जना विदेशी पर्यटकको बिहीबार उद्वार गरिएको छ।
उनीहरूलाई बिहीबार बिहान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौं पठाएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए।
उक्त गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका दुई जना र स्वीजरल्याण्डका दुई पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको इलुकमा रहेको नासा हाइड्रोपावरमा बसेका थिए।
उनीहरू असोज २१ गते गुम्बाबाट काठमाडौं र्फकने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गएपछि हाइड्रोपावरमा बसेका थिए।