काठमाडौं। माइतीघर मण्डलाबाट प्रहरीले निकोलस भुसालसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
जेन-जी समूहको नाममा माइतीघर क्षेत्रमा आन्दोलन गर्न पुगेका भुसालसहितलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
भुसाल सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहँदा रवि लामिछानेको हिरासतमा सुतेको फोटो सार्वजनिक गरेपछि पक्राउ परेर छुटेका थिए।
उनी जेन-जी समूहको माग पूरा नभएको भन्दै माइतीघरमा पुगेको भट्टराईले बताए। जेन-जी समूहहरूले बिहीबारदेखि गर्ने भनेको आन्दोलन फिर्ता लिएका थिए।
जेन-जी समूहले आन्दोलन गर्ने चेतावनी दिएपछि प्रहरीले माइतीघर क्षेत्रमा प्रहरी परिचालन गरेको छ। माइतीघर क्षेत्रमा हुन सक्ने प्रदर्शनलाई लक्षित गरी प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ।
माइतीघरमा धर्ना-प्रदर्शन गर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छैन।