काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठक पार्टी कार्यालयमै बस्ने तय भएको जानकारी दिए। “दिउँसो १ बजे पार्टी कार्यालयमै बैठक बस्ने निर्णय भयो‚” उनले भने।
यसअघि बुधबार सभापति शेरबहादुर देउवाले आजका लागि बैठक आह्वान गरेका थिए। बैठक कहाँ बस्ने भन्ने सार्वजनिक भएको थिएन्। कांग्रेस नेताहरुका अनुसार आजको बैठक हिमालयन होटल ललितपुरमा बस्ने तय भएको थियो। तर देउवा आफैँले बोलाएको बैठकमा उनीनै सहभागी नहुने भएपछि आजको बैठक पार्कोटी कार्यालयमा बस्ने र अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गर्ने भएका छन् ।