काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

अनुभूति

मैले पारापिटबाटै कराउनुपर्‍यो– अर्को गोल नहान् भनेर। किनभने, त्यतिबेला १२ गोल खाने टिमले जर्सी फुकाल्नुपर्छ भन्ने मान्यता थियो, नियममा नभए पनि। काठमाडौँमा अझै धेरैलाई शंका थियो, पर्साविरुद्ध मैदानमा उत्रिएका श्याम’दा असली श्याम थापा हुन् भन्नेमा। स्पष्टीकरण दिँदादिँदा म हैरान हुन्थेँ।

२५ आश्विन २०८२
बोधबहादुर राउत र इन्सेटमा श्याम थापा।
अ+
अ-

२०२७ सालमा ब्वायज युनियन क्लब एक्कासि ‘बी’ डिभिजनमा घटुवा भयो। यसपछि क्लबको सम्पूर्ण जिम्मेवारी मलाई सुम्पिएर क्लबका अध्यक्ष हुतराम वैद्य अध्ययनका लागि बनारस लाग्नुभयो। त्यो टिममा नेपालका पूर्वकप्तान रूपकराज शर्मा, सुरेश पन्थी, अच्युत श्रेष्ठलगायत थिए। घटुवापछि रूपकहरूले ‘बी’ मा झरेर खेल्ने कुरा भएन। छिमेकी न्युरोड टिम (एनआरटी) प्रवेश गरे।

म भने क्लबको कार्यवाहक अध्यक्षको जिम्मेवारी बोक्दै ब्वायज युनियनको छवि फर्काउने अभियानमा लागेँ। यसैक्रममा २०३१ सालमा क्लबको चुनाव भयो जसमा मलाई नै अध्यक्ष बनाउने सर्वसम्मति जुट्यो। म अध्यक्ष भएकै वर्ष ब्वायज युनियन ‘बी’ बाट पुनः ‘ए’ मा बढुवा भयो।

यसपछि दबाब र चुनौती दुवै एकसाथ थपियो। किनभने, रूपकहरू एनआरटी प्रवेश गरिसकेका थिए। तर, मेरो अनुरोध र क्लबको मायाले रूपक २०३२ सालको सहिद स्मारक लिग खेल्नुअघि क्लबमै फर्कियो। उसले क्लबका लागि अर्को पनि ठूलो काम गर्‍यो। अशोक केसी त्यतिबेला जल्दाबल्दा स्ट्राइकर थिए। उनी एनआरटीबाट खेल्थे। रूपकले उसलाई पनि मनाएर हाम्रो क्लबमा ल्याउन सफल भयो।

रूपकसँगै एनआरटी गएका सुरेश पन्थी र अच्युत श्रेष्ठ ‘वैद्य’ त फर्किने नै भए, एनआरटीबाट खेल्ने विराटनगरका ध्रुव क्षेत्री र धनबहादुर बस्नेत (पछि राष्ट्रिय टोलीको प्रशिक्षक)लाई पनि क्लबमा भित्र्याउन सफल भए। ठमेलबाट नरेन्द्र श्रेष्ठ, देहरादुनको जुब्लियन ज्योतिबाट खेल्ने नरेन्जा सुब्बा, रामजी थापा, कोमल सापकोटा, बाबुराम गुरुङ, विदुर विष्ट, अनन्त श्रेष्ठ र द्वारिका राउतजस्ता खेलाडी पनि भित्रिए।

२०३२ सालको लिगमा कुल १६ क्लब सहभागी भए। म क्लब अध्यक्ष र खेलाडी दुवै भूमिकामा सक्रिय थिएँ। क्लबमा राम्रा खेलाडीको जमघट भए पनि मलाई सुरुमा लिग जितिन्छ भन्ने लागेको थिएन। राम्रो पोजिसन आउँछ भन्ने चाहिँ थियो। भाग्यवश त्यो वर्षको लिग मात्र नभएर, त्रिभुवन च्यालेन्ज सिल्डको उपाधि पनि हामीले जित्यौँ। यसपछि मेरो नेतृत्वलाई लिएर वाहवाही हुन थाल्यो।

२०३३ सालको लिगमा भने ‘ब्याड लक’ भयो। राम्रो खेल्दाखेल्दै उपविजेतामा चित्त बुझाउनुपर्‍यो। तर, नकआउट प्रतियोगिता खेल्ने क्रममा एउटा ऐतिहासिक संयोग जुर्‍यो। टिमका आक्रामक मिडफिल्डर बाबुराम गुरुङ आफ्नो घर बुटवल फर्किसकेको थियो। काठमाडौँमा टाइसिट सार्वजनिक भयो। त्योबेला आकाशवाणी (आवा)बाहेक अर्को विकल्प थिएन। तर, आवामा पनि पूरा सूचना कहाँ जान्थ्यो र! त्यसैले म र रामेश्वर राउत (नेपालको पहिलो फिफा रेफ्री) बाबुरामलाई लिन बुटवल हानियौँ। हामी बुटवल पुग्दा ऊ मेला हेर्न पो गएको रहेछ। कुरेर बस्दा राति भयो।

बोधबहादुर राउत। तस्बिर : बिक्रम राई/नेपालन्युज

मलाई कचौरी खुब मन पर्ने। बिहान बाबुरामसँगै नास्ता खान बजार निस्किएको, नगर पञ्चायतका जागिरे बाबुरामको साथी लालबहादुर गुरुङ भेटियो। बाबुरामले फुर्ती लगाउँदै हाम्रो परिचय गरायो, ‘मलाई फुटबल खेल्न बोलाउन काठमाडौँबाट आउनुभएका साथीहरू।’

बाबुरामलाई लागेको रहेछ– यति भनेपछि उसको प्रशंसामा लालबहादुरले एकदुईवटा फुलबुट्टा थपिहाल्छ। तर, ऊ त उल्टै जंगियो। भन्न थाले– ‘कस्ता कस्ता मान्छे आउँछन्? श्याम थापा इन्डियाबाट आएर बसेको छ। बाबुरामलाई पो फुटबल खेल्न लैजान्छु भन्छ।’

उसको कुरा सुनेपछि रामेश्वर र म अवाक् भयौँ। श्याम थापाको खेलको चर्चा धेरै अगाडिदेखि सुनेको। भारतीय पत्रपत्रिकामा उहाँले हानेको ‘बाइसाइक्लिङ किक’ को फोटो पनि हेरेको, तर भेटघाट जुरेको थिएन। म के बोल्ने भनेर ट्वाँ परेँ। स्वर मसिनो पार्दै सोधेँ, ‘हाम्रोबाट खेल्नुहुन्छ?’

लालबहादुरले श्याम थापाको म्यानेजर नै आफैँ भएजस्तै फुर्ती लगायो, ‘किन नखेल्ने?’

मैले भनेँ, ‘उसो भए उहाँलाई भेटाउन सक्नुहुन्छ?’ उसले आत्मविश्वासका साथ भन्यो, ‘त्यही मंगलापुर त हो नि।’

यो सुन्नेबित्तिकै म रामेश्वर र बाबुरामलाई त्यही नास्ता पसलमा छोडेँर लालबहादुरलाई रिक्सामा हालेर मंगलापुरतर्फ लागेँ।

वास्तवमा प्लेनको उड्ने समय साढे ३ बजेको थियो। बाबुरामले ढिलो गर्दा प्लेन छुट्यो। यतिबेला श्याम’दा मेरो मुख हेर्ने, म बाबुरामको। खेल भोलि छ। आज प्लेन छुट्यो।

क्लबलाई आर्थिक रूपमा सक्षम बनाउन हामीले केयूरशमशेर राणालाई संरक्षक बनाएका थियौँ। उहाँले बुटवलबाट खेलाडी ल्याउन हामीलाई २५ सय रुपैयाँ दिनुभएको थियो। खल्तीमा पैसा भएको कारणले पनि होला, श्याम थापालाई पनि क्लबबाट खेलाउने आत्मविश्वास चुलिएको थियो।

श्याम थापाको घर पुगेपछि लालबहादुरले मेरो अधुरो परिचय गरायो। उसको पहिल्यैदेखि श्याम’दासँग राम्रो चिनजान रहेछ। भन्यो, ‘यी भाइ काठमाडौँबाट आएको। काठमाडौँ गएर फुटबल खेल्नुपर्‍यो।’

लालबहादुरको कुरा सुनेपछि श्याम’दा पनि एकछिन अकमक्क पर्नुभयो। घरायसी कामका लागि नेपाल आएका बेला एक्कासि फुटबल खेल्ने प्रस्ताव राख्दा अकमकाउनु स्वाभाविक पनि हो। भन्नुभयो, ‘प्राक्टिस केही छैन। कसरी खेल्नु?’

श्याम’दा बोलिरहँदा लालबहादुरले बीचैमा कुरा काट्यो। भन्यो, ‘तिमीलाई पनि के प्राक्टिस गरिरहनुपर्‍यो?’ उनको कुरा सुनेपछि श्याम’दाले पहिलोपल्ट सोध्नुभयो, ‘कुन टिम हो? कस्तो टिम हो?’

वास्तवमा नेपालमा फुटबल खेल्ने रहर श्याम’दाको पहिलेदेखि नै रहेछ। तर, कोलकाताको व्यस्त खेलतालिकाका कारण रहर पूरा भइरहेको रहेनछ। मैले फ्याट्ट भनेँ, ‘लिग च्याम्पियन क्लब हो।’

मेरो कुरा सुनेपछि उहाँ अलि लचिलो देखिनुभयो। फेरि सोध्नुभयो, ‘मसँग लामो समय छैन। पूजाका लागि आएको, फर्किहाल्नुपर्छ।’

मैले पुनः आग्रह गरेँ, ‘नकआउट टुर्नामेन्ट हो। प्लेनबाट आउने–जाने व्यवस्था मिलाउँछु।’

उहाँलाई पनि लाग्यो होला, सात–दश दिनजति त होला नि! यसो मुन्टो हल्लाउनुभयो।

श्याम’दाले ब्वायज युनियन क्लबबाट खेल्छु भन्नु नै मेरो लागि लिग जितेभन्दा कम थिएन। ‘ढुंगा खोज्दा देउता मिले’ जस्तो भयो। श्याम’दालाई पूजाका लागि दुई दिन कुर्ने सहमति भयो।

त्रिभुवन च्यालेन्ज सिल्डमा हाम्रो खेल हुनुभन्दा एक दिनअघि हामीले प्लेनको टिकट काट्यौँ। त्यतिबेला शाही नेपाल वायुसेवा निगमको एउटा जहाज भैरहवाबाट उड्ने गर्थ्यो। स्टपर पोजिसनबाट खेल्ने नरेन्द्र शाही पनि भैरहवाबाट हामीसँगै खेल्न जाने ‘कन्फर्म’ भयो। श्याम थापालगायत नरेन्द्र शाही, बाबुराम गुरुङ, रामेश्वर राउत र आफ्नो गरी पाँचवटा टिकट कन्फर्म गर्दा केयूरशमशेरले उपलब्ध गराएको सबै पैसा लगभग खर्च भइसकेको थियो।

प्लेन उड्ने दिन अर्को नौटंकी भयो।

बोधबहादुर राउत। तस्बिर : बिक्रम राई/नेपालन्युज

रिक्सामा नरेन्द्र शाही र रामेश्वर राउत एयरपोर्टका लागि पहिले नै हिँडिसकेका थिए। बाबुरामले घरबाट निस्किन अलिकति समय लगायो। श्याम’दा, म र बाबुराम अर्को रिक्सामा भैरहवातर्फ लाग्दै थियौँ, एयरपोर्टको गेटमा पुग्दानपुग्दै प्लेन त उड्यो।

वास्तवमा प्लेनको उड्ने समय साढे ३ बजेको थियो। बाबुरामले ढिलो गर्दा प्लेन छुट्यो। यतिबेला श्याम’दा मेरो मुख हेर्ने, म बाबुरामको। खेल भोलि छ। आज प्लेन छुट्यो। धेरै प्रयासपछि भोलिका लागि तीनवटा टिकट मिलाउन सफल भएँ। टिकट काट्ने पैसाको पनि अभाव। जसोतसो जुगाड भयो।

अर्को दिन हामी दुई घण्टाअगाडि नै एयरपोर्ट पुगिसकेका थियौँ। मलाई थाहा थियो, हामी काठमाडौँ उत्रिँदा नै खेल लगभग सुरु भइसकेको हुनेछ। त्यसैले मैले श्याम’दालाई एयरपोर्टमै जर्सीबाहेक जुत्ता र अन्य लुगा लगाएर ठीक पर्न आग्रह गरे।

उहाँलाई अचम्म लागेछ– के तालको केटो होला? मैदान देखेको छैन। एयरपोर्टमै फुटबल बुट लगाएर तयार हुनु भन्छ?

प्लेन भैरहवाबाट उड्यो। नागढुंगाको माथिबाट विमान उड्दैगर्दा मलाई किन हो, प्लेन बीचैमा अड्किएजस्तो लाग्यो। मुटुको चाल रोकिएजस्तो भइरहेको थियो। खेल सुरु भइसक्यो कि भन्ने कल्पनाले छटपटाइरहेको के थिएँ, श्याम’दाले प्लेनको झ्यालबाट रंगशालातर्फ हेर्दै भन्नुभयो– ‘उडी साला, मान्छे छैन त।’

रंगशाला भित्रिएको केही मिनेटमै ब्वायज युनियनको जर्सी लगाएर श्याम थापा मैदानमा उत्रिनुभयो। वास्तवमा यो नेपाली फुटबलको अर्को संयोग हुनुपर्छ, श्याम थापाजस्तो स्टार खेलाडी, जसले काठमाडौँ सहर राम्रोसँग हेर्न पनि पाउनुभएको थिएन। काठमाडौँ आगमनको सुरुवात नै रंगशालाबाट भयो।

कोलकातामा ४०–५० हजार दर्शकमाझ खेल्ने श्याम’दाले प्लेनको झ्यालबाट रंगशालामा हेर्दा मान्छे नै देख्नुभएन। उहाँ बिच्किने हो कि भन्दै थमथम्याएँ, ‘गेम सुरु भएको छैन। बिस्तारै मान्छे आउँछन्।’

हामीलाई लिन काठमाडौँ विमानस्थलमा केयूरशमशेर आउनुभएको रहेछ। हतार हतार श्याम’दालाई केयूरशमशेरको गाडीमा बसाउँदै हामी त्रिपुरेश्वरतर्फ लाग्यौँ।

गाडीमा अर्को रमाइलो घटना भयो। केयूर दाइले पनि श्याम’दाको नाम सुनिरहेको। गाडी चलाउँदा उहाँको हात स्टेरिङमा, टाउको भने पछाडिको सिटमा। श्याम’दा पछाडिको सिटमा बस्नुभएको थियो। त्यसैले केयूर दाइ घरीघरी मुन्टो बटारिरहनुहुन्थ्यो, श्याम’दाको अनुहार हेर्न।

रंगशाला प्रवेश गर्दा रेफ्री र हामीसँग पहिलो खेल खेल्न लागेको पर्सा–११ टिम मैदानमा प्रवेश गरिसकेको थियो। रेफ्रीले ब्वायज युनियनको टिमलाई बोलाउन दुईतीनचोटि ‘ह्विसल’ पनि बजाइसकेका रहेछन्।

तर, हाम्रो कप्तान रूपकराज निकै बाठो। उसले श्याम’दा र म रंगशालाभित्र प्रवेश नगर्दासम्म समय टार्ने हिसाबले कहिले भित्र जाने र कुनै बहाना बनाउँदै फेरि बाहिर निस्किने गरिरहेको थियो।

श्याम’दाको ब्याग बोकेर म गाडीबाट उत्रिँदा त्यहाँ हल्लाखल्ला भइसकेको रहेछ– बोधेले भारतीय फुटबलका लिजेन्ड श्याम थापालाई लिएर आउँदै छ। तर, दुब्लोपातलो ज्यान भएका श्याम थापा गाडीबाट उत्रिँदा ब्वायज युनियन टिमका खेलाडीबाहेक अन्यले पत्याएनन्। त्यहीँ गाइँगुइँ सुनिन थाल्यो– ‘नक्कली श्याम थापा लिएर आएछ।’

त्यतिबेला यो आशंका जायज पनि थियो। भारतबाट मोहन बगान र इस्ट बंगालको जर्सी लगाएर आउने सामान्य खेलाडीले पनि नेपालमा तहल्का पिटेर जान्थ्यो। यस्तो बेला भारतको ‘हाई पेड’ खेलाडीले नेपाल आएर फुटबल खेल्छ भन्ने कसैले कल्पना पनि गरेको थिएन।

त्यो गेमका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकजना बंगालीलाई लाइन्सम्यान नियुक्त गरेको थियो। उनी लामो समयदेखि नेपालमै बसेकाले नेपाली नै बोल्थे। र, प्रायः सबै खेलाडी र पदाधिकारीलाई राम्रोसँग चिन्थे।

उनको तर्क थियो, ‘यिनी सक्कली श्याम थापा नै हुन्। नक्कली भएको भए बोधबहादुरले यसरी ब्याग बोक्थ्यो?’

जे होस्, रंगशाला भित्रिएको केही मिनेटमै ब्वायज युनियनको जर्सी लगाएर श्याम थापा मैदानमा उत्रिनुभयो। वास्तवमा यो नेपाली फुटबलको अर्को संयोग हुनुपर्छ, श्याम थापाजस्तो स्टार खेलाडी, जसले काठमाडौँ सहर राम्रोसँग हेर्न पनि पाउनुभएको थिएन। काठमाडौँ आगमनको सुरुवात नै रंगशालाबाट भयो।

थप संयोग के भने यही प्रतियोगितामा पर्सा–११ बाट गणेश थापा (पछि राष्ट्रिय टिमका कप्तान) पनि खेल्दै थिए। काठमाडौँमा उनको यो पहिलो खेल थियो। पर्साबाट मीन शाहलगायत एक से एक राष्ट्रिय खेलाडी थिए।

तर, हामी श्याम थापालाई आफ्नो जर्सीमा पाएर दंग थियौँ। श्याम’दाको आगमनका कारण सबैलाई लागेको थियो, पर्सालाई मजाले पेलिन्छ। तर, ब्वायज युनियनको रोग यहाँ पुनः बल्झियो। खेल सुरु भएको दुईतीन मिनेटभित्रै हामीले नमज्जाको गोल खायौँ।

फाइनल खेल ब्वायज युनियन र बर्डेस क्लब, कोलकाताबीच थियो। दशरथ रंगशाला दर्शकले खचाखच थियो। रंगशालामा अधिराजकुमार धीरेन्द्र शाहको पनि सवारी भयो।

गोल खानुको कारण श्याम’दा नै हुनुहुन्थ्यो। हाम्रा सबैजसो खेलाडी आफ्नो स्वाभाविक खेल खेल्न बिर्सिएर श्याम’दाको खेल हेर्न व्यस्त भए। तर, एक गोल खाएपछि क्लब सम्हालियो। गेम सकिँदासम्म हामीले ११ गोल हानिसकेका थियौँ। नतिजा, ब्वाइज युनियन ११– पर्सा १।

त्यसपछि भने मैले पारापिटबाटै कराउनुपर्‍यो– अर्को गोल नहान् भनेर। किनभने, त्यतिबेला १२ गोल खाने टिमले जर्सी फुकाल्नुपर्छ भन्ने मान्यता थियो, नियममा नभए पनि। काठमाडौँमा अझै धेरैलाई शंका थियो, पर्साविरुद्ध मैदानमा उत्रिएका श्याम’दा असली श्याम थापा हुन् भन्नेमा। स्पष्टीकरण दिँदादिँदा म हैरान हुन्थेँ।

सेमिफाइनल दिल्लीको मुगल–११ टिमविरुद्ध थियो। खेल ‘ड्र’ गरे मात्र पनि हामी फाइनल पुग्थ्यौँ। तर, सुरुमै ‘ब्याड लक’ भयो। मुगल–११ ले सुरुवातमै गोल हान्यो। दिल्लीको टिम भने पनि त्यहाँबाट श्याम’दासँगै भारतीय टिमबाट खेल्ने अर्को बंगाली खेलाडीको पनि उपस्थिति थियो।

खेल सकिन दुई मिनेट बाँकी हुँदासम्म हामी ०–१ ले पछाडि थियौँ। तर, त्यति नै बेला राइट आउट महेन्द्र गुरुङले मुगल–११ को डिबक्समा गरेको हाई क्रस बललाई उडेर श्याम थापाले टाउकोले कप्दै गोलमा परिणत गरेपछि रंगशाला नै तरंगित बन्यो। त्यसपछि त हिजो नक्कली भन्ने समर्थक पनि श्याम’दालाई असली मान्न थाले।

लगातार ब्वायज युनियन त्रिभुवन च्यालेन्ज सिल्डको फाइनलमा पुगेपछि काठमाडौँमा होहल्ला भयो। फाइनल खेल ब्वायज युनियन र बर्डेस क्लब, कोलकाताबीच थियो। दशरथ रंगशाला दर्शकले खचाखच थियो। रंगशालामा अधिराजकुमार धीरेन्द्र शाहको पनि सवारी भयो। त्यतिबेला उहाँ राष्ट्रिय खेलकुद परिषद्का संरक्षक हुनुहुन्थ्यो। श्याम’दाका पनि ठूलो प्रशंसक। खेलकै क्रममा एकपल्ट कोलकाताको टिमले श्याम’दालाई नराम्रो ट्याकल गर्‍यो। धीरेन्द्र सरकार कुर्सीबाटै जंगिनुभयो। खेल सकिएपछि मलाई भन्दै हुनुहुन्थ्यो, ‘श्याम थापालाई फल हान्ने को हो? त्यसलाई ठीक पार्नुपर्छ।’

तत्कालीन अधिराजकुमार धीरेन्द्र शाह (बायाँ) र दायाँतर्फ फुटबल लेजेन्ड पेलेसँग श्याम थापा।

फाइनल खेल गोलरहित बराबरीमा टुंगियो। यो खेलको टिकट बिक्रीबाट एन्फाले राम्रो कमाइ गर्‍यो। त्यसैले एन्फा ‘ड्र’ भएको फाइनल खेल पुनः भोलिपल्ट खेलाउन चाहन्थ्यो। तर, श्याम’दालाई कोलकाता टिमका खेलाडीले अनुरोध गरेछन्- फर्किने हतारो भइसक्यो। कृपया संयुक्त विजेता घोषित गराइदिनुपर्‍यो।

श्याम’दाले यो जानकारी हामीलाई गराउनुभयो। र, उहाँले पनि संयुक्त विजेता घोषित गर्न आग्रह गर्नुभयो। प्रतियोगिता खेल्ने क्रममा श्याम’दाको व्यक्तित्वबाट हामी सबै प्रभावित भइसकेका थियौँ। उहाँको आग्रह हाम्रा लागि निर्देशनजस्तै थियो। त्यसैले हामीले एन्फालाई संयुक्त विजेता घोषित गर्न आग्रह गरेपछि नेपालको फुटबल इतिहासमा पहिलोपल्ट दुई टिम ‘जोइन्ट विनर’ घोषणा गरियो।

यसपछि श्याम’दाले ब्वायज युनियनबाट लगातार १० वर्ष लिग र नकआउट प्रतियोगिता खेल्नुभयो। जुन नेपाली फुटबलमा सुनौलो अक्षरले लेखिएको छ।

(ब्वायज युनियन क्लबका पूर्वअध्यक्ष बोधबहादुर राउतसँग नवीन अर्यालले गरेको कुराकानीमा आधारित)