काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२४ आश्विन २०८२
अ+
अ-

काठमाडौं। आज २०८२ साल असोज २४ गते शुक्रबार । तदनुसार सन् २०२५ अक्टोबर १० तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । हेर्नुस् आजको राशिफल-

मेष: दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष: नयाँ लगानीको लागि उपयुक्त समय रहेको छ। धार्मिक गतिविधिहरुमा संलग्न भइएला। जग्गा जमिनलाई लिएर चलिरहेको विवाद सुल्झिनेछ।

मिथुन: भावनात्मक सम्बन्धमा मधुरता आउनेछ। व्यवसायमा लामो समयदेखि चलिरहेको विवाद सुल्झिनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ।

कर्कट: निजी सम्बन्धमा बाहिरको हस्तक्षेपले समस्या निम्त्याउन सक्छ सावधान रहनुहोस्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कारोबारमा विस्तारवादी योजनाले लाभ मिल्नेछ।

सिंह: व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा राम्रो सद्भाव पाइनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। घरपरिवारमा आफूभन्दा ठूलाको सहयोग मिल्नेछ।

कन्या: व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा एउटा कार्य सम्पादन गरेर मात्र अर्को कार्य प्रारम्भ गर्नुहोला। सहयोगीहरूको सहयोग जुट्नाले नसोचेको लाभ उठाउन सकिनेछ।

तुला: उद्योग व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको रचनात्मक र कलात्मक क्षेत्रमा विकास हुनेछ। संगीतको क्षेत्रमा विशेष उन्नति मिल्नेछ। पुरुषार्थले कार्यमा सफलता दिलाउनेछ।

वृश्चिक: साहस र पराक्रममा वृद्धि हुनेछ। नयाँ नोकरीको लागि इन्टरभ्यु आदिमा सफलता मिल्नेछ। पारिवारिक मेलजोलमा समय बित्नेछ। धर्मकर्मतिर रुचि बढ्नेछ।

धनु: कार्यक्षेत्रमा अर्काको जिम्मेवारी बहन गर्नुपर्ला। व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोखा मिल्न सक्छ सचेत रहनुहोस्। स्वास्थ्यमा खानपानलाई लिएर ध्यान दिनुहोला। व्यवहारमा सादगी र परोपकारको भावना लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ।

मकर: कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन्। अर्कालाई सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। व्यवसायमा लगानी थप्नुपर्ने परिस्थिति आउन सक्छ।

कुम्भ: नोकरी वा पेशामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी पाइनेछ। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। शेयर बाजारको लगानीबाट लाभ मिल्ला। व्यापार व्यवसायमा आयका नयाँ स्रोतहरू बढ्नेछन्।

मीन: धार्मिक संघ संस्थामा सम्मेलन हुने अवसर प्राप्त हुनेछ। आर्थिक कारोबारमा लाभ रहनेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन निर्णयहरु लिन सकिनेछ। कार्यक्षेत्रमा माननीयजनहरूको सहयोग मिल्नेछ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।