काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै र गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेको तथा बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको जनाएको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

विभागका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै यी दुवै प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।