काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस संस्थापननिकट केन्द्रीय सदस्यहरूको छलफल सुरु भएको छ। शंखमूलस्थित आरम्भ रेस्टुरेन्टमा संस्थापननिकट केन्द्रीय सदस्यहरू भेला भएर छलफल गरिरहेका छन्।

केन्द्रीय सदस्य गुरु बरालको संयोजकत्वमा भइरहेको छलफलमा आसन्न केन्द्रीय समिति बैठक केन्द्रित रहेको छ। “२६ गतेबाट केन्द्रीय समिति बैठक सुरु हुँदैछ। उक्त बैठकमा कस्ता एजेन्डालाई कुन रूपमा उठाउने भन्ने विषयमा छलफल भइरहेको हो‚” ती नेताले भने।

जेन-जी विद्रोह र त्यसपश्चात् उत्पन्न परिस्थितिपश्चात् पहिलोपटक २६ असोजबाट कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको हो। कांग्रेसभित्र हाल नियमित महाधिवेशन गर्ने भन्ने विषयमा फरक मत छ। यस्तै पार्टीमा कार्यवाहक दिएर जानुपर्ने मत पनि छ।